Logo

विविध

वर्षासँगै दाउन्ने खण्ड अवरुद्ध, बुटवल–नारायणगढ सडकमा यातायात ठप्प



काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत दाउन्ने खण्ड वर्षासँगै अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्ने उकालो क्षेत्रमा हिलो र चिप्लोपन बढेपछि सवारी साधन फस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख युवराज खड्का का अनुसार घिउखोला र विश्वकर्मा मन्दिर आसपास सडक हिलाम्मे हुँदा गाडी गुडाउन कठिन भएको छ।

बुधबारदेखि परेको वर्षाले अवस्था झन् जटिल बनेको उनले बताए।

उकालोमा सवारी चिप्लिएर अड्किँदा लामो जाम लागेको छ भने मालवाहक सवारी साधनलाई अरुणखोला क्षेत्रमा रोकेर व्यवस्थापन गरिएको छ।

नारायणगढ–बुटवल सडक आयोजना ले अवरुद्ध सडक खुलाउन ग्राभेल हालेर मर्मतको प्रयास भइरहेको जनाएको छ।

सडक विस्तारको काम अझै सम्पन्न नभएकाले सामान्य वर्षामा पनि दाउन्ने खण्डमा पटक–पटक अवरोध हुने गरेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार ०९:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।