Logo

अर्थ

तोलामा ४ हजार ३ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार ११:२०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।