Logo

विविध

एकै दिन ५१ फर्म तथा उद्योगमा वाणिज्यको अनुगमन, कालोबजारी नगर्न चेतावनी



काठमाडौं। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ।

पछिल्ला दिनमा ठूलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले जनाएको छ।

बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे÷नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत विषयमा विभागले अनुगमन गर्दै आएको हो।

स्थलगत अनुगमन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले बजार अनुगमन गर्दै आएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार १०:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।