Logo

बैंकिङ

वाणिज्य बैंकहरूमा महिला कर्मचारीको उपस्थिति ४३ प्रतिशत पुग्यो, ग्लोबलमा पुरुषभन्दा धेरै



काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाका कार्यालयमा प्रवेश गर्नेबित्तिकै धेरैलाई लाग्न सक्छ, बैंकिङ क्षेत्र महिला कर्मचारीले धानेको छ।

काउन्टरदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक अध्यक्षदेखि उच्च तहका अधिकारीको सचिवालयसम्म महिलाको उल्लेख्य उपस्थिति देखिन्छ।

यही कारण गैर–बैंकिङ क्षेत्रका व्यक्तिहरूले बैंकिङ क्षेत्रमा महिलाको वर्चस्व रहेको अनुमान गर्नु अस्वाभाविक होइन।

तर तथ्यांकले भने फरक चित्र देखाउँछ। नेपाल बैंकर्स संघका अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा पुरुष कर्मचारीको संख्या अझै पनि बढी छ। कुल ४३ हजार १७३ कर्मचारीमध्ये ४३.५४ प्रतिशत महिला र ५६.४६ प्रतिशत पुरुष छन्।

यद्यपि, पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। अघिल्लो वर्ष ४० हजार ६०३ कर्मचारीमध्ये ४०.८९ प्रतिशत महिला र ५९.११ प्रतिशत पुरुष थिए।

यसले बैंकिङ क्षेत्रमा महिलाको उपस्थिति क्रमशः सुदृढ बन्दै गएको संकेत गर्छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १९:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।