काठमाडौँ । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम मंगलबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले केबलकार जडान परियोजना मात्र नभई यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने प्रतिबद्धताको निरन्तरता भएको बताए ।
नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले आफूहरूलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको समेत अध्यक्ष ढकालले बताए ।
उनका अनुसार अबको दुई महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिएको छ । सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा समेत गरिएको छ ।





















प्रतिक्रिया