Logo

समाचार

बागमती स्विट्सको उत्पादन तथा बिक्रीवितरणमा रोक



काठमाडाैं । काठमाण्डौ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी को निर्देशनमा उक्त कम्पनीको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको हो ।

गत चैत २९ गते आयोजित एक सार्वजनिक कार्यक्रममा उक्त कम्पनीबाट आपूर्ति गरिएको खाजामा अखाद्य वस्तु भेटिएको भन्ने गुनासो प्राप्त भएपछि मन्त्री चौधरीले तत्काल अनुगमन गर्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संयुक्त टोलीले चैत ३० गते अनुगमन गरेको थियो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १०:०७   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।