काठमाडौं । आज वैशाख २ गते सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ६५ रुपैयाँ कायम भएको थियो ।





















प्रतिक्रिया