काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।
थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो । “भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न मिलेन,” स्रोतले भन्यो, “लेन क्रस गरेको देखिएपछि सिंहदरबार नै पुगेर हामीले चिट काटेका हौँ ।”





















प्रतिक्रिया