Logo

अर्थ

सेयर बजारमा ३३ अंककाे वृद्धि, १० अर्ब ५३ करोडमाथिको कारोबार



काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २,८६६ को विन्दुमा कायम भएको छ ।

आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । यस कम्पनीकाे ५८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट, सिन्धु विकास बैंक, पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।