Logo

अन्तर्राष्ट्रिय

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १८:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।