काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
यसअघि, नेपाल बिमा प्राधिकरणका अध्यक्ष पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी उपस्थित भएका थिए।




















प्रतिक्रिया