Logo

प्रमुख समाचार

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले गरे राजीनामा घोषणा



काठमाडौ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

शुक्रबार सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने बताइएकोछ।

आज साँझ साढे ५ बजे बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा उनले आफूले छिट्टै राजीनामा दिने तयारी गरेको भन्दैयस अवधिमा सहयोग गर्ने सञ्चालकहरूलाई धन्यवाद दिएका थिए।

धितोपत्र सम्बन्धी ऐनमा बोर्डको अध्यक्षले नेपाल सरकार समक्ष राजीनामा दिनुपर्ने व्यवस्था छ।

अध्यक्ष श्रेष्ठ विभिन्न विषयमा विवादित हुँदै आएका छन्। श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार २०:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।