Logo

प्रमुख समाचार

वीरगन्जमा एकाबिहानै चल्यो डोजर



पर्सा । वीरगन्जमा आइतबार बिहानै डोजर चलेको छ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक  विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घर टहरामा डोजर चलाइएको हो ।

सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।

यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।