Logo

समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै



काठमाडौं । सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो ।

यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । यसका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार ११:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।