Logo

समाचार

लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न



काठमाडौं । जियोन ओभरल्याण्डको आयोजित बाइकर्स जात्रामा लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लव अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजन र अटो नेपाल, पत्रिकाको सहयोगमा सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २-२६/२७ का लागि फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा उपस्थित भएका छन् ।

उक्त कार्यक्रममा २१ जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताए ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १४:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।