Logo

प्रमुख समाचार

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा



काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्। उनी आजै बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। त्यसबाहेकका भेटघाटबारे खुलाइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायतसँगको उच्चस्तरीय भेटघाटको भने अहिलेसम्म टुङ्गो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १०:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।