Logo

अर्थ

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने



काठमाडाैं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।

वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

संस्थाले आव २०८१/८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशनबमोजिम छुट्याउनुपर्ने रकमहरुको व्यवस्था गरेपश्चात संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउन र सबलिकरण गर्दै लैजाने उद्देश्यले सेयरधनीहरुलाई कुनैपनि लाभांश नदिने निर्णय गरिएको जनाएको छ ।

बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १०:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।