Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.१७ अंकले बढेर २,८२५ को विन्दुमा कायम भएको छ ।

आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।

आज ५ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल फरेष्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १५:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।