Logo

अर्थ

सेयरमा १५ प्रतिशत मूल्य सीमा खारेजीकाे माग गर्दै लेखा समितिमा उजुरी



काठमाडौं । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्था खारेजीको माग गर्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

सेयर बजार लगानीकर्ता संघले षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा नयाँ व्यवस्था गरिएको आरोप लगाउँदै खारेजीको माग गर्दै उजुरी दिएको हो । नयाँ नीतिगत व्यवस्था सोमबारदेखि नै लागु भइसकेको छ । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष हरिबहादुर केसीद्वारा हस्ताक्षरित निवेदनमा नयाँ व्यवस्था खारेजीको माग गरिएको हो । नयाँ व्यवस्थाअनुसार नेप्से परिसूचक एक दिनमा ८ प्रतिशत घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार स्थगित हुनेछ । यसअघि ६ प्रतिशत रहेको सीमालाई आजदेखि बढाइएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

संघले पर्याप्त अध्ययनविना यी व्यवस्था लागु गरिएको आरोप लगाएको छ । ‘नयाँ व्यवस्थाले एकल कम्पनीको शेयर मूल्यमा एकैदिन ३० प्रतिशतसम्म उतारचढाव हुँदा जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्छ’ संघले भनेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १७:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।