Logo

अर्थ

नेप्सेमा ३ लाख १९ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

संस्थाले आव २०८१/८२ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १७:४१   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।