Logo

अर्थ

याम्बालिङ्ग हाईड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडौं । याम्बालिङ्ग हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर जारी गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा उक्त शेयर २०८२ चैत ८ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो।

उक्त अवधिमा परेको आवेदनका आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार वैशाख ६ गते शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

शेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम भने भोलि अर्थात् वैशाख ९ गते बुधबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार ०८:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।