काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वेयरेबल उपकरण ‘हुवावे ब्यान्ड ११ सिरिज’ सार्वजनिक गरेको छ । स्वास्थ्य, फिटनेस र दैनिक जीवनशैलीलाई केन्द्रमा राखेर विकास गरिएको ब्यान्ड वैशाख २ मा सार्वजनिक भएको हो ।
उक्त अवसरमा ‘रन विथ द बिट’ नामक विशेष कार्यक्रममार्फत उपकरण सार्वजनिक गरिएको थियो । जसलाई मेल्टडाउनसँगको सहकार्यमा सञ्चालन गरिएको थियो । बिहानको समयमा आयोजना गरिएको यस कार्यक्रममा फिटनेस, संगीत र प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । नेपालमै पहिलोपटक यस्तो किसिमको अनुभव प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो ।
‘हुवावे ब्यान्ड ११ सिरिज’ लाई दैनिक स्वास्थ्य निगरानी र फिटनेस व्यवस्थापनका लागि स्मार्ट सहायकका रूपमा प्रस्तुत गरिएको छ । यसमा निद्रा विश्लेषण, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा तथा श्वासप्रश्वास सम्बन्धी विवरण निरन्तर मापन गर्ने सुविधा समावेश गरिएको छ । साथै, चौबीसै घण्टा मुटुको धड्कन र अक्सिजन स्तर निगरानी, एक सयभन्दा बढी व्यायाम मोड, तनाव तथा मानसिक अवस्था विश्लेषणसँगै निर्देशित श्वासप्रश्वास अभ्यास जस्ता विशेषताहरू उपलब्ध छन् ।
यस उपकरणमा अधिकतम चौध दिनसम्म टिक्ने ब्याट्री क्षमता, हल्का तौल र आकर्षक डिजाइन समावेश गरिएको छ । जसले दिनभर सहज रूपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । हुवावे हेल्थ एप सँग एकीकृत गरिएको यस प्रणालीले प्रयोगकर्तालाई व्यक्तिगत स्वास्थ्य विवरण र सुझाव प्रदान गर्दै समग्र स्वास्थ्य सुधारमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
मूल्यका हिसाबले ब्यान्ड ११ को पोलिमर संस्करण ९ हजार ९९०, हल्का एलुमिनियम मिश्र धातु संस्करण ११ हजार हजार ९९० तथा ब्यान्ड ११ प्रो संस्करण १४ हजार ९९० तोकिएको छ ।
कम्पनीका अनुसार ‘रन विथ द बिट’ कार्यक्रमको सफल आयोजना र ब्यान्ड ११ सिरिजको सार्वजनिकसँगै हुवावेले प्रविधिमार्फत दैनिक जीवनलाई सहज र प्रभावकारी बनाउने जनाएको छ ।




















प्रतिक्रिया