Logo

समाचार

सामसङ नेपालको ‘सपनादेखि सम्भावनासम्म’ अभियान



काठमाडौं। मोबाइल तथा इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ।

यो अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर र सम्मान गर्ने लक्ष्य लिएको छ। अभियानले इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने कम्पनीको भनाइ छ।

अभियानअन्तर्गत सामसङ रेमिटमा ‘बेनेफिट’ नामक कार्यक्रम ल्याएको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्नेछ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।

यस पहलअन्तर्गत कम्पनीले आईएमई रेमिट, एनसेल, खल्ती, खल्ती बाई आईएमई र हुलास फिन सर्भसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ ।

‘एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्ती मार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यो पहलले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ ।’

कम्पनीका अनुसार यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।