Logo

समाचार

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन



काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई उपलब्ध गराइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

विभागकाअनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको छुट नदिएको भन्दै ‘हेलो सरकार’ र विभागको गुनासो पेटिकामा व्यापक उजुरीहरू प्राप्त भएपछि विभागले पुनः ताकेता गरेको हो।

विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात लाई सम्बोधन गर्दै विद्यार्थी सहुलियत प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १३:५८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।