काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.९५ अंकले घटेर २,८०४ को विन्दुमा कायम भएको छ ।
आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ८१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रो, शिखर पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले १४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया