काठमाडाैँ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।
विभागले यात्रुवाहक सवारीमा ९.८ प्रतिशत, पहाडी ढुवानीमा करिब १४ प्रतिशत र तराई ढुवानीमा १२ प्रतिशतसम्म भाडा वृद्धि गर्न सिफारिस गरेको स्रोतले जनाएको छ।
यसअघि गत चैत २५ गते नै भाडा वृद्धि गरिएको भए पनि त्यसयता इन्धनको मूल्य दुई पटक बढेपछि व्यवसायीहरूले पुनः समायोजनको माग गर्दै आएका थिए।
नेपाल आयल निगम ले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरेको थियो। यसअघि पनि डिजेलमा २५ रुपैयाँ बढेको थियो, जसका कारण व्यवसायीहरूले भाडा वृद्धि गर्न दबाब दिइरहेका छन्।




















प्रतिक्रिया