Logo

अर्थ

सानिमा बैंकको नाफा २ अर्ब ३५ करोड, प्रतिसेयर आम्दानी कति?



काठमाडाैं । सानिमा बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकले तेस्रो त्रैमाससम्म ५ अर्ब १६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको ४ अर्ब २८ करोडको तुलनामा २०.४८ प्रतिशतले बढी हो ।

यद्यपी बैंकको वितरणयोग्य मुनाफा २.५९ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब १९ करोड रुपैयाँ थियो ।

यससँगै बैंकको लाभांश क्षमतामा समेत झिनो कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १८.९२ प्रतिशत रहेको लाभांश क्षमता १८.५७ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा २ अर्ब १० करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब १४ करोड पुगेको छ । रिजर्भ भने ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ३६ करोड रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०१८.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.२७ गुणा र तरलता अनुपात २७.५५ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार ११:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।