Logo

समाचार

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ



काठमाडौं। प्रहरीले सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई पक्राउ गरेको छ।

परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।”

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १८:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।