काठमाडौ । सुनसरी प्रहरीले पछिल्लो दुई दिनको अवधिमा १२० जना पक्राउ गरेको छ। जसमा ११५ जना पुरुष र पाँच जना महिला छन्।
प्रहरीले स्वीप अप्रेसन थालेर लागूऔषध विक्री वितरण गर्ने, सेवन गर्ने र समाजमा गुण्डागर्दी गर्ने समूहका व्यक्तिलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काद्दारा जारी प्रेस नोटमा पक्राउ परेकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ। सुधार केन्द्र पठाइएकामा १० पुरुष र पाँच महिला छन्।
यस्तै, ७६ जनालाई आफन्तको जिम्मा लगाइएको छ। तिनीहरुलाई अब आइन्दा गलत गतिविधी नगर्ने भनेर सम्झाएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट बरामद गरेको छ।




















प्रतिक्रिया