Logo

अर्थ

सूर्यज्योति लाइफको ८.८७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक



काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यही वैशाख २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।