Logo

शिक्षा

एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्राप्त गर्न सकिने माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभिआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको हो ।

कार्यालयकाअनुसार विद्यार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर, आइभिआर सेवा प्रयोग गरेर तथा तोकिएका वेबसाइटहरूमा आफ्नो सिम्बोल नम्बर राखेर सहज रूपमा नतिजा हेर्न सक्नेछन् ।

एसएमएस सेवा प्रयोग गर्न विद्यार्थीहरूले सम्बन्धित सेवा प्रदायकले उपलब्ध गराएको ढाँचाअनुसार आफ्नो सिम्बोल नम्बर पठाउनुपर्नेछ । त्यसैगरी, आइभिआर सेवामार्फत फोन गरेर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

नतिजा हेर्नका लागि विभिन्न वेबसाइटहरू पनि तयारी अवस्थामा राखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यद्यपि, नतिजा सार्वजनिक हुने मिति र समय भने छिट्टै जानकारी गराइने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १४:३६   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।