Logo

शिक्षा

काठमाडौँ विश्वविद्यालयको जिम्मेवारी प्राध्यापक वाग्लेलाई



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले पाएका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) ले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् ।

वाग्ले सो विश्वविद्यालयको कानुन संकायका पूर्वडीन हुन् । आजैदेखि उनले कार्यभार पनि सम्हालेका काठमाडौं विश्वविद्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १२:११   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।