Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अन्तर्गत ४२ विद्यार्थी लाभान्वित



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको बैंकले जनाएको छ । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । ‘अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,’ एक विद्यार्थीले भावुक हुँदै बताए । अभिभावकहरूले पनि बैंकले गरेको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए ।

शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएकाले आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व रहेको बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ११:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।