Logo

शिक्षा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगकाअनुसार न्यौपानेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिई लामो समयसम्म तलबभत्ता तथा अन्य सेवा–सुविधा लिएको आरोप लागेको छ ।

अनुसन्धानका क्रममा उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १७:१५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।