Logo

कर्पोरेट फोकस

महामारीमा पनि पर्यटक आउन थाले, बल्दै छ आशाको दियो



विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले  पर्यटन क्षेत्र पनि ठप्पै रहेको छ यसैबीचमा बन्दाबन्दी भएको लगभग आठ महिनापछि विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा पर्यटन व्यवसायी नवराज दाहाल दङ्ग परेका छन् ।

कोरोना भाइरसको महामारी रहेकै समयमा स्टोनिया देशका पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा माला र खादा पहिर्याएर स्वागत गर्दाको क्षणमा आफू निकै खुशी भएको उनको अनुभव रहेको छ । “करिब आठ महिनापछि पहिलो पटक विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा म धेरै खुशी भएको छु । यसले हामीलाई उत्साह थपेको छ” व्यवसायी दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसहित पोष्ट गरेका छन् ।

125531364_10227001238716434_8867555039844992690_n.jpg 126214478_10227001241556505_1948570782286972486_n.jpg

 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्षसमेत रहेका दाहालले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अहिलेको अवस्थामा पनि पर्यटक आउनुले पर्यटन क्षेत्रका लागि आशा र उत्साह जगाएको बताए । हालको मापदण्डलाई केही खुकुलो बनाएको खण्डमा नेपालमा प्रशस्त विदेशी पर्यटक आउनेमा उनको विश्वास छ । अहिले लगभग अन्तरराष्ट्रिय उडान खुलेको र मापदण्ड पालना गरेर विदेशी आउने व्यवस्था मिलाइएको छ । नेपालमा पर्यटकीय गतिविधि पनि पहिला भन्दा बिस्तारै बढेको देखिएको छ ।

गन्तब्यमा आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको छ भने थोरै सङ्ख्यामा विदेशी पर्यटक पनि पदयात्रा तथा पर्वतारोहणमा निस्किएको पाइएका छन् । “मापदण्डलाई सरल र सहज बनाइनुपर्छ, पिसिआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा) को व्यवस्था गरी तीन दिन होटल क्वारेन्टिनमा राखेर जान चाहेको गन्तब्यमा जान दिनुपर्छ”, नेपाल इन्भायरोमेन्टल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिका सञ्चालक दाहालले भने ।

125857000_10227001239436452_613172993468527270_n.jpg

त्यस्तै पर्यटन व्यवसायी दिपक लामिछाने  पनि क्वारेन्टिनको अहिलेको मापदण्डलाई खुकुलो बनाई यहाँ आएका विदेशी पर्यटकको ७२ घण्टापछि पिसिआर रिपोर्ट नेगेटिभ आएको खण्डमा उसले चाहेको गन्तब्यमा जान दिने हो भने पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताउछन् । “अहिले केहि सङ्ख्यामा विदेशी पर्यटक आउन थालेका छन् यसले पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ, हालको मापदण्डलाई सरलीकरण गर्नेतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ”, नेपाल ट्रेक्किङ प्लानर प्रा लिका लामिछानेले भने। ट्रेक्किङ प्लानर कम्पनी तथा पर्यटकस्तरीय ‘स्काई लाइन’ होटल सञ्चालन गर्दै आएका लामिछानेले अहिले दैनिक १० देखि २० जनासम्म पर्यटक आउने गरेको बताए ।

11746383_10205598786622732_2121859578_o.jpg 

नेपाल सरकारले गत कार्तिक १ गते देखि पदयात्रा र पर्वतारोहण पनि खुला गरेको छ भने होटल क्षेत्र पनि प्राय खुलिसकेको छ । 

प्रकाशित : ७ मंसिर २०७७, आइतबार