काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा नयाँ ‘क्लाउडी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आफ्नो पेय पदार्थ पोर्टफोलियोको नवीनतम उत्पादनका रूपमा बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार कागतीको ताजगीपूर्ण स्वादलाई विशेष ‘क्लाउडी’ बनावटसँग संयोजन गरी तयार गरिएको क्याम्पा लेमोनाइटले उपभोक्तालाई अझ गाढा, सन्तुलित र फरक स्वादको अनुभव प्रदान गर्नेछ । विशेषगरी गर्मी मौसममा ताजगी दिने पेय पदार्थका रूपमा यसलाई प्रबर्दन गरिएको कम्पनीले जनाएको छ ।
क्याम्पा लेमोनाइटसँगै कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज तथा क्याम्पा इनर्जी गोल्ड बुस्टजस्ता उत्पादनहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले क्याम्पा लेमोनाइट २५० मिलिलिटर र १ लिटर प्याकमा बजारमा ल्याएको छ । २५० मिलिलिटरको मूल्य ३० रुपैयाँ तथा १ लिटरको मूल्य ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
यो उत्पादन देशभरका खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सीजी रिलायन्सले आफ्नो सशक्त वितरण सञ्जालमार्फत उत्पादनको पहुँच थप विस्तार गरिरहेको बताएको छ ।




















प्रतिक्रिया