Logo

प्रदेश

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नै निर्देशन र सल्लाहमा मन्त्रीहरुले राजीनामा दिएको बताए ।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ११:४९   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।