Logo

अर्थ

हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन (तस्बिरहरू)



काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौं आइपुगेका हुन् ।

चीनको शेन्जेनबाट आएका ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा टुर्स एण्ड ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोशाक तथा बाजागाजासहित भव्य स्वागत गरेको थियो ।

भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तस्बिरहरू:

 

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ११:५५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।