काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षरोपण गरेको छ । ‘विश्व वातावरण दिवस २०२६’ को अवसरमा बैंकका करिब ३५० कर्मचारीहरू र स्थानीय समुदायको सहभागितामा फलफूल, फूल फुल्ने र सित्तल दिने प्रजातिका ५०० बिरुवाहरू रोपिएको बैंकले जनाएको छ ।
यस पहलले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने, जैविक विविधतालाई सघाउने र दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ गोरख राणाले वातावरणीय संरक्षणका लागि कर्मचारीहरूको उत्साहजनक सहभागिताको प्रशंसा गरे। उनले भने,’ हामीलाई यो जानकारी गराउन पाउँदा गर्व लागेको छ । वर्षौंदेखि हाम्रा कर्मचारीहरूले ललितपुर र कीर्तिपुर क्षेत्रमा मात्रै करिब ४०,००० बिरुवाहरू रोप्न सहयोग गरिसकेका छन्। रोपेका प्रत्येक बिरुवाले हरियाली मात्र होइन, भावी पुस्ताप्रतिको हाम्रो आशा र जिम्मेवारीलाई पनि दर्शाउँछ।’




















प्रतिक्रिया