Logo

सुरक्षा/अपराध

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ



रोल्पा जिल्लाको रोल्पा नगरपालिका-५ छाप बस्ने ५६ वर्षीय भिमराज घर्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी मोहनले बिहीबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका भिमराजको प्युठानको स्वास्थ्य चौकीमा सामान्य उपचार तथा राप्ती विज्ञान प्रतिष्ठान दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।