Logo

अर्थ

श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्र विदेश पठाउन म्यानपावरलाई निर्देशन



काठमाडौं । म्यानपावर कम्पनीहरुलाई नेपाली श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्र विदेश पठाउन निर्देशन दिइएको छ । वैदेशिक रोजगार विभागले एक परिपत्र जारी गर्दै म्यानपावर कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था छ । कुनै कारणवशः विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको स्वीकृति लिएर मात्रै पठाउन सकिने व्यवस्था छ ।

म्यानपावरले ऐनको दफा २२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ अनुसार मात्रै स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाउन सूचित गराएको हो ।

विभागले म्यानपावरहरूलाई परिपत्र गर्दै तीन महिनामा श्रम स्वीकृति लिएको, विदेश पठाएको विवरण समेत माग गरेको छ । विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण माग गरेको हो ।

 

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १३:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।