Logo

अर्थ

कामना सेवा विकास बैंकद्धारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय नख्खुमार्फत सितापाईला नागार्जुनस्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

यस सहयोगबाट हेल्पिङ ह्यान्डस बाल गृहमा आश्रित बालबालिकाहरूका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई थप सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो ।

यस सहयोगले बाल गृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । हेल्पिङ ह्यान्डस बाल गृहका सृजना नेपालीले बाल गृहका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्न सहयोग पु¥याएकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवाहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा हेल्पिङ ह्यान्डस बाल गृहका बालबालिकाहरुको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार १३:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।