नेवि संघ पर्साले शुक्रबार वीरगंजमा गरेको प्रदर्शनको क्रममा २ जना घाइते भएका छन । प्रधानमन्त्री केपी ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी विच भएको झडपमा परी विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन ।
ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको नेवि संघका केन्द्रिय सदस्य बद्रीनाथ तिवारीले वताए । सोही क्रममा अक्रा विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए ।
चोरसियाको खुट्टामा चोट लागेको छ भने घाइते दुबै जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । नेवि संघ पर्साका अध्यक्ष विश्वा द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल ,विद्यार्थी नेता प्रभात सिंह ,मुनराज तिवारी लगायतकाको सहभागिता रहेको थियो । नेवि संघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम थियो ।
प्रतिक्रिया