Logo

प्रमुख समाचार

रुकुम पूर्वमा कांग्रेसका नेता एवम् पूर्वमन्त्रीलाई कुटपिट



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताका साथै नेपाली कांग्रेसका नेता तथा पूर्वसहायक मन्त्री केशरमान रोकासहित ४ जनामाथि कुटपिट भएको छ ।नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।

रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिबार बिहान ढुङ्गा समेत हानेको प्रहरीले जनाएको छ ।कुटपिट नगर्न आग्रह गर्दा पनि स्थानीयले नेकपा र कांग्रेसका नेताहरुलाई झन् कुटपिट गरिएका थिए । शरीर दुःखेर यताउता चल्न नसक्ने अवस्थामा रहेको कांग्रेसका नेता रोकाले बताएका छन् ।

अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए । ‘हामीलाई रानीकोटबाट लछारपछार पार्दै रुकुमकोट पु¥याइयो’, पुनले भने ‘त्यसपछि आन्दोलनकारीको बीचमा हालेर थप कुटपिट गरियो ।’कुटपिट नगर्न तथा कसैलाई फोन गर्न समेत बन्देज गरिएको सतमानले बताएका छन् ।

प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिएका छन् ।कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।रुकुम पूर्वमा जिल्लाको स्थायी सदरमुकाम कायम गर्ने विषयमा विवाद छ । यी ४ जना नेता रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सक्रिय अभियान्ता हुन् । जसको नेतृत्व रोकाले गरेका छन् ।

जिल्लाको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ । रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्को छ । सदरमुकाम सम्बन्धीको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो ।गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् ।

रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।रुकुमकोट पक्षधरले रुकुमकोटमा कार्यक्रम गर्दै नदिने अडान लिएको छन् । गोल्खाडा पक्षधर जसरी पनि शान्तिपूर्ण कार्यक्रम गर्ने पक्षमा उभिएका छन् ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ६ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।