Logo

प्रमुख समाचार

महराले दिए प्रचण्डलाई धोका, बालुवाटारको ढोका खुल्यो



स्वीट्जरल्याण्डबाट आउने बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वागतमा अग्रपंक्तिमा हँसिलो मुद्रामा देखिएका सभामुख कृष्णबहादुर महरालाई सबैले निगरानीका साथ हेरेका थिए ।सभामुख महरालाई खुसी र फुर्तिलो देख्ने वित्तिकै ओलीले थाहा पाए खुसीको ‘राज’ । ओलीसँग निकट हुन खोजेका महरालाई केही नेताहरूलाई भने मन पराएका थिएनन् ।

ओली विदेशमा रहेका बेला राष्ट्रिय चिकित्सा विधेयकलाई संसदबाट पारित गराएका सभामुख महराले त्यसको जस लिने प्रयास गरेको भनेर टिकाटिप्पणी भएको थियो ।प्रधानमन्त्री ओलीले महरालाई चिकित्सा शिक्षा विधेयक पारित गराएकोमा त्रिभुवन विमानस्थलमा स्वागतकै क्रममा बधाई दिएको बताइएको छ ।

सभामुख महरालाई प्रधानमन्त्री ओलीसँग नजिक हुन चिकित्सा शिक्षा बिधेयक ‘अमृत’ बनेको छ । महराको कामबाट नेकपाका धेरै नेताहरू खुसी भएपनि केही नेताहरूलाई टाउको दुःखाइ बनेको छ ।विशेष गरेर नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका सीमित नेताहरू महराको कार्यशैलीबाट निरास बनेका छन् ।

स्रोतका अनुसार प्रमुख विपक्षी दलको विरोध हुँदा हुँदै महराले चिकित्सा शिक्षा विधेयक मार्सल लगाएर पारित गराएकोमा नेम्वाङ र घर्तीले असन्तुष्टि जनाएका छन् ।उनीहरूले सार्वजनिक रुपमा बाहिर केही प्रतिक्रिया दिएका छैनन् । कांग्रेसलाई विश्वासमा लिएर गर्नुपर्ने कामलाई महराले बल प्रयोग गरेको कुरा नेम्वाङ र घर्तीलाई मन नपरेको हो ।

सभामुख महराका कारण कांग्रेस झन् रिसाएको छ । कांग्रेसले महरालाई संसदीय पद्धतिका बारेमा जानकारी नरहेको भनेर टिप्पणी गरिसकेको छ । महराले ओलीलाई खुसी बनाए पनि कांग्रेसका साथै आफ्नै दलका नेताहरूलाई खुसी बनाउन सकेनन् ।

आफ्नै कार्यले सभामुख महरा नेकपामा एक्लिएका छन् । महरालाई प्रधानमन्त्री ओलीले पनि पूरै विश्वास गरिसकेका छैनन् ।महराको कार्यशैलीबाट नेकपाका प्रवक्ता श्रेष्ठ पनि खुसी छैनन् । महराको कार्यशैलीको नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेरै श्रेष्ठले आपत्ति जनाएको स्रोत बताउँछ ।

महराको कार्यशैलीले नेकपाभित्र एक खालको तरंग उत्पन्न र हलचल पैदा गरिदिएको छ ।प्रचण्डको क्याम्पबाट माओवादीमा प्रगति गरेका महराले प्रचण्डको खुमलटारलाई लात हानेर ओलीको निवास बालुवाटारलाई समथ दिएको नेकपाभित्र चर्चा छ । तर, महरालाई बालुवाटारको यात्रा सुवासचन्द्र नेम्वाङहरुको अबरोध हुनेछ ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ६ : १३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।