लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२६ भाद्र २०७७, शुक्रबार ११:३०
0
Shares


















प्रतिक्रिया