Logo

अर्थ

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड



काठमाडाैं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा २८ लाख ६२ हजार ९०९ आवेदकबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये ३ करोड १ लाख १९ हजार ८८० कित्ता सेयर खरिदका लागि परेको २८ लाख १५ हजार ६७९ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ४२ हजार ७६० जनालाई १० कित्ताका दरले १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार ११:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।