काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २,६५३ को विन्दुमा कायम भएको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै एग्रिकल्चर बन्डको सेयर कारोबार भएको छ । यसको ४३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सानिगाढ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.६५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया