Logo

राजनीति

कांग्रेसले थप्यो सदस्यता वितरणको समय



काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनु पर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलको भनाइ छ ।

कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १७:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।