Logo

अर्थ

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार ११:२९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।